Rule 28
शिकार रजिष्टर
प्रत्येक शिकार अनुज्ञापत्रको साथ एक शिकार रजिष्टर पनि हुनेछ जसमा अनुज्ञापत्र प्राप्त व्यक्तिले शिकारको सिलसिलामा घाइते गरेको वा मारेको सबै बन्यजन्तु र पंक्षीहरूको पूर्णतया ठीक ठीक अभिलेख रेकर्ड राख्नु पर्नेछ । जन्तु वा पंक्षीहरू मारेको बाह्र घन्टाभित्र वा शिकार आरक्ष छाड्नु अगावै नमेटिने पक्का मसीमा प्रत्येक वन्यजन्तु वा पंक्षी मारेको ठाउँ, मिति, जात, भाले, पोथी ९वन्यजन्तुको लागि मात्र० प्रष्ट बुझ्ने गरी अनुसूची (१२ बमोजिम शिकार रजिष्टारमा लेख्नुपर्छ ।